पटके काभ्रेली दूधराजलाई गुण्डागर्दीको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काभ्रेली दूधराज तामाङलाई पक्राउ गरेको छ ।

शनिबार प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको जनाएको छ । काभ्रे घर भएका तामाङ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छन् ।

तामाङ यसअघि तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत थिए ।

तामाङलाई सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त)को माला लुटपाट प्रकरणमा पनि प्रहरीले पक्राउ गरेको थियो ।

सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।

Published : Sunday, 2026 July 12, 2:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया