सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको बताएका छन् । हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति अर्यालले आभार व्यक्त गरेका छन् ।
सभामुख अर्यालले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताएका छन् । उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको उनले बताए ।
अर्यालले नागरिक उडययन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेका छन् ।
सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिएका छन् । दुवै पक्षका लागि उपयुक्त समयमा बिरलालाई नेपालमा स्वागत गर्न तत्पर रहेको अर्यालले बताए ।
सभामुख अर्यालले नयाँ प्रतिनिधि सभाको गठनपछि विपिन आचार्यको नेतृत्वमा १० सदस्यीय नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिएका छन् । समूहले अन्तर–संसदीय सहयोगलाई नयाँ गति प्रदान गर्ने उनले बताए ।
सभामुख अर्यालले भारतले संसदीय प्रक्रियाको प्रभावकारिता, पारदर्शिता र पहुँच अभिवृद्धिका लागि डिजिटल समाधान तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ लगायतका प्रविधिमैत्री अभ्यास अवलम्बन गरेकोमा प्रशंसा व्यक्त गर्दै भारतको डिजिटल संसदीय प्रणाली, कागजरहित कार्यप्रणाली तथा प्रविधिमैत्री विधायी अभ्यासबाट ज्ञान आदान–प्रदानको अपेक्षा व्यक्त गरेका छन् ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी दिएका छन् । नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिएको श्रीवास्तवले बताए ।
श्रीवास्तवले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबीचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया