आईजीपी कार्कीको अनुपस्थितिमा एआईजी अधिकारीले सम्हाले हेडक्वाटरको जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज सम्हाल्न एआईजी राजन अधिकारीलाई जिम्मेवारी दिएका छन् ।
आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभन्दा अगाडि आईजीपी कार्कीले एआईजी अधिकारीलाई कायम मुकायम आईजीपीको जिम्मेवारी दिएका हुन् ।
आईजीपी कार्कीको अनुपस्थितिमा एआईजी अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।
Published : Sunday, 2026 July 5, 7:57 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया