बागमती प्रदेश सरकारको बजेट सर्वसम्मतिबाट पारित

हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसम्मति रुपमा पारित भएको छ ।

शनिबार हेटौँडामा बसेको बागमती प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मतिले पारित गरेको हो । सभामुखले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई प्रदेश आर्थिक विधेयक २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएकी थिइन् । त्यसपछि प्रदेश आर्थिक विधेयक २०८३ सर्वसम्मतिले स्वीकृति भएको घोषणा गरेकी थिइन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बृहत् छलफलसहित बजेट पास गर्न सहयोग गर्ने सत्तापक्ष, प्रमुख प्रतिपक्ष एवं प्रतिपक्ष दलका नेताहरू, प्रदेशसभा सदस्यहरू र सभामुख तथा प्रदेशसभा सचिवालयका कर्मचारी सबैमा बागमती प्रदेश सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् ।

बागतमी प्रदेशसभा बैठकमा भएको गहन छलफलले बजेटलाई प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण प्राप्त भएको बानियाँले बताएका छन् । यसलाई आत्मसात गर्दै प्रदेश सरकारको अबको मूललक्ष्य पनि यसैतर्फ रहने प्रतिवद्धता बानियाँले व्यक्त गरेका छन् ।

यसअघि, नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको बिशेष उपस्थितिमा शनिबार बिहान हेटौँडामा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट पास गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले नेतृत्व गरेको सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को बजेट दुई दल कांग्रेस र एमाले संसदीय दलले बजेट पूर्व मुख्यमन्त्री बहादुरसिहं लामा तामाङ्गको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरिएको थियो ।

कार्यदलले दिएको सुझाव अनुरुपको र नीति अनुरुप आएको बजेट देखिएको निष्कर्ष निकाल्दै बजेट पारित गर्न ह्विप जारी गरेको थियो ।

Published : Saturday, 2026 July 4, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया