बलिउड महिलाहरूका लागि चुनौतीपूर्ण कार्यस्थल : अभिनेत्री कृति सेनन

मुम्बई । अभिनेत्री कृति सेननले बलिउडमा महिलाहरूका लागि चुनौतीपूर्ण कार्यस्थलमध्ये एक रहेको बताएकी छिन् ।

आफ्नो अन्तर्वार्ताका क्रममा कृतिले बलिउड सबै महिलाहरूका लागि अनिवार्य रूपमा सबैभन्दा कठिन ठाउँ रहेको बताएकी हुन् । उनले आफ्नो अनुभवका आधारमा महिलाका लागि बलिउड कठिन रहेको धारणा व्यक्त गरेको बताएकी छिन् ।

कृतिले मोडलिङ, इन्जिनियरिङ कलेज र फिल्म उद्योगमा काम गरेकी छिन् । यीमध्ये बलिउडमा सबैभन्दा धेरै चुनौतीहरूको सामना बेहोरेको उनले बताएकी छिन् ।

बलिउड उद्योगमा प्रायः पुरुष कलाकारसँग साहायक निर्देशक काम वा केही आदेश दिन हिचकिचाउँछन्, जबकि महिला कलाकारहरूलाई प्रायः हल्का रूपमा लिइन्छ ।

करियरको सुरुआती समयमा धेरैजसो फिल्महरू पुरुष मुख्य पात्र केन्द्रित हुने र महिला पात्रहरूलाई प्रायः प्रेमिका वा कमनोर पात्रमा मात्र सीमित गरिने कृतिले बताएकी छिन् ।

लिङ्गका आधारमा हुने विभेद अझै पनि विभिन्न रूपमा कायम रहेको कृतिले बताएकी छिन् । उनका अनुसार यदि कुनै अभिनेत्रीले आफ्नो पात्र वा दृश्यबारे प्रश्न उठाउँछिन् भने उनलाई प्रायः नराम्रो तरिकाले हेरिन्छ, जबकि पुरुष कलाकारप्रति त्यस्तो धारणा कम देखिन्छ ।

Published : Saturday, 2026 July 4, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया