प्यूठानमा जुवातास खेल्ने खड्कासहितको समूह पक्राउ
बिजुवार । जिल्ला प्रहरी कार्यालय, प्यूठानले मुनलाईट होटलमा जुवातास खेल्ने ११ जनाको समूहलाई गिरफ्तार गरेको छ ।
स्वर्गद्वारी नगरपालिका–४ बाझीपुरस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ३७ वर्षीय पूर्णबहादुर खड्का समेत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय, प्यूठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८५ हजार १ सय १२ रूपियाँ र २४ बुक तास सहित पक्राउ गरेको छ ।
Published : Saturday, 2026 July 4, 6:12 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया