दुई डीआईजीको सरुवा, अख्तियारमा पौडेलको कमाण्ड
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
मन्त्रिस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका दुई डीआईजीहरूको सरुवा गरिएको सूचनामा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा डीआईजी अरुण पौडेलको सरुवा भएको छ । यसअघि उनी प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा कार्यरत थिए ।
डीआईजी शेखर खनालको प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा सरुवा भएको छ । यसअघि उनी अख्तियारमा कार्यरत थिए ।
Published : Friday, 2026 July 3, 11:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया