हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ : केपी ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले आफूहरु अलिकति घाइते भएको भन्दै देशलाई प्रतिगामी, फासीवादी बाटोमा जान नदिने बताएका छन् ।
एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा उनले भने, ‘यतिवेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ?’
ओलीले भने, ‘एमाले देशव्यापी रूपमा फैलिएको, सुदृढ संगठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नु छ, एकीकरण गर्नु आवश्यक छैन ।’
ओलीले आफू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरेको बताए । कुनै नराम्रो काम गरेर एमाले जनतामा अलोकप्रिय भएको नभई भ्रमबाट जनता अलमलिएको उनले बताए ।
‘हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ, हामी उठ्न सक्छौँ,’ ओलीले भने, ‘हामीले केही बिगारेका छैनौँ, त्याग, तपस्या गरेका छौँ, लोभपाप गरेका छैनौँ, हीनताबोध गर्नुपर्नेछैन, भविष्य हाम्रै हो ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया