तत्कालीन प्रबन्ध निर्देशक साह गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर
काठमाडौं । दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई सर्वोच्च अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ ।
न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई सदर गरेको हो ।
अख्तियारले २०७३ वैशाखमा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्नप्रसाद साह र उनकी पत्नी सुशीलाकुमारी साहलाई समेत दुई करोड ३८ लाख रुपियाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो ।
विशेष अदालत, काठमाडौंले २०७५ पुसमा उनीहरूलाई दोषी ठहर गरेको थियो । विशेष अदालतले उनलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठह¥याएको थियो ।
साहले ६८ लाख २४ हजार रुपियाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले त्यति नै जरिवाना र ९ वर्ष कैद हुने फैसला समेत गरेको थियो ।
साह दुग्ध विकास संस्थानको विभिन्न आयोजना प्रमुख भई अन्तिममा काठमाडौंमा दुग्ध विकास संस्थानको प्रवन्धक बनेका थिए । सर्वोच्चले साढे सात वर्षपछि विशेष अदालतको फैसला सदर गरेको छ ।
संस्थानको टेक्निकल अफिसरदेखि प्रबन्धक पदमा रहदासम्म एक करोड ४४ लाख रुपियाँ आर्जन गरेकोमा साहले तीन करोड ८३ लाख रुपियाँ सम्पत्ति जोडेको भन्दै अख्तियारले वैध आम्दानीको तुलनामा अस्वभाविक खर्च देखिएको दाबी गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया