रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यसहितको आधिकारिक नामावली सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आधिकारिक नामावली सार्वजनिक गरको छ ।
पार्टीको निर्वाचन आयोगको बैठकले निर्वाचित नेतृत्वको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगले जारी गरेको सूचनामा केही केन्द्रीय सदस्य अदलबदल पनि भएका छन् । यसअघि विजय घोषित दुई उम्मेदवार केन्द्रीय समितिबाट बाहिरिएका छन् । दुई जना थप भएका छन् ।
केन्द्रीय सदस्यमा उमेदवारी दिएपनि मत परिणाममा आफ्नोभन्दा कम मत आएकालाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
उनी निर्वाचित हुँदा सो क्षेत्रबाट चुनाव जितेका सोम शर्मालाई केन्द्रीय सदस्यबाट हटाइएको छ । जनजाति समूहबाट कृष्णमान श्रेष्ठ निर्वाचित भएको यसअघि घोषणा गरिएपनि अहिले उनको स्थानमा ध्रुव थापा मगर निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महाधिवेशनबाट केन्द्रीय सदस्यमा खुलातर्फ ३२ जना निर्वाचित भएका छन् । समावेशी संरचनाअनुसार खस–आर्य समूहबाट १०, जनजातितर्फ ९, थारुबाट २, मधेसीबाट ५, दलितबाट ४ तथा मुस्लिम समुदायबाट २ जना केन्द्रीय सदस्य निर्वाचित भएको आधिकारिक सूची रास्वपा निर्वाचन समितिले जानकारी दिएको छ ।
भौगोलिक समूहअन्तर्गत सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी ३५ जना केन्द्रीय सदस्य चयन भएका छन् ।
निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनमार्फत पदाधिकारीमा निर्वाचित नेतृत्वको नामावली समेत औपचारिक रूपमा सार्वजनिक गरेको जनाएको छ । महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको विवरण पार्टी संरचनामा अद्यावधिक गर्ने प्रक्रिया समेत अघि बढाइएको छ ।
पहिलो केन्द्रीय समिति बैठकले पदाधिकारीसहित मनोनीत गरिने केन्द्रीय सदस्यहरूको चयन गर्नेछ । त्यसपछि पार्टीको पूर्ण केन्द्रीय संरचनाले औपचारिकता पाउनेछ ।






बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया