काठमाडौं जाँदै गरेको बस गैहडवामा दुर्घटना हुँदा २२ यात्रु घाइते
चन्द्रौटा । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. २ गैडहवास्थित हुलाकी सडकखण्डमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
सोमबार राति धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ । शिवपुरी लक्जरी कोच प्रा.लि.द्वारा सञ्चालित बस आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको छ ।
दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १३ गेटा बस्ने ४२ वर्षीय हरिसिंह महरा, बैतडीको सिवास गाउँपालिका ६ खालाकाँडा बस्ने २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका ५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका १ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका २ बस्ने ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा बस्ने २९ वर्षीय नरेन्द्र ताम्राकार तथा उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार र २ वर्षीय सुदर्शन ताम्राकार घाइते भएका छन् ।
बझाङको थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय विनोद सत्कुली, बैतडीको पुरचौडी नगरपालिका ८ मल्लादोही बस्ने १५ वर्षीय लोचन बिष्ट तथा उनका बुबा ४५ वर्षीय कृष्णबहादुर बिष्ट, कैलालीको धनगढी उपमहानगरपालिका १८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, कैलालीको घोडाघोडी नगरपालिका ६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया, चितवनको भरतपुर महानगरपालिका २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय गोपाल पौडेल, डडेलधुराको गाउँपालिका १ बस्ने ४० वर्षीय केशबहादुर देउवा पनि घाइते भएका छन् ।
दार्चुलाको नौगाड गाउँपालिका ४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, कैलालीको घोडाघोडी नगरपालिका ९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया, बझाङको थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा तथा डडेलधुराको गन्यापधुरा गाउँपालिका ३ बस्ने ४० वर्षीया पार्वती बोहोरा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।
बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ । चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया