अख्तियारद्वारा अधिकृतसहित ९ जनाविरुद्ध २२ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले विशेष अदालत, काठमडौंमा छविसपाथिभेराका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला र दुर्गाथलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेलसहित ९ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा अभियोगपत्र दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बाँठपाली मन्दिर निर्माण योजनाका लागि निकासा भएको रकम हिनामिना भएको भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा उनीहरूले आपसी मिलेमतोमा गैरकानूनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि पु¥याएको पाइएपछि मुद्दा दायर गरिएको उनले जानकारी दिए ।
अख्तियारले मण्डेलका साथै दुर्गाथलीका लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेराका इन्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहरा, श्री बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा भन्ने कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढाविरुद्ध २२ लाख १ हजार ६६५ रुपियाँ बिगो दाबी गर्दै कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।
छविसपाथीभेराका तत्कालीन उपाध्यक्ष रताला र वडा नम्बर ६ का अध्यक्ष मोहनलाल विकलाई भने कैद र जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया