बदलिएको २.० कांग्रेसका नेता एवम् अपहरणमा ९ वर्ष जेल बसेका गिरी पक्राउ
विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले विराटनगर महानगरपालिका वडा नं. ११ मधुमाराका अभिषेक गिरीलाई पक्राउ गरेको छ ।
शनिबार बिहान गिरीलाई मधुमारास्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका गिरी विवादित पृष्ठभूमिका व्यक्ति हुन् ।
प्रहरीले अवैध हतियार लुकाएको आशंकामा उनको घरमा छापा मारेको थियो । प्रहरीले उनलाई जिल्ला कारागार, मोरङका कैदीबन्दीको भत्ता र अन्य रकम दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने भत्ता र सेवा–सुविधाको रकम असुलेको भन्ने गम्भीर उजुरी आएपछि गिरीलाई पक्राउ गरिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कारागार बसेका थिए । कारागारमा रहँदा उनी लामो समय चौकीदारको जिम्मेवारीमा थिए ।
त्यतिबेला कैदीबन्दीमाथि दमन र आर्थिक शोषण गरेको आरोप पनि उनीमाथि लाग्दै आएको थियो । कारागारबाट छुटेपछि पनि उनले बाहिरबाट कारागारको व्यवस्थापनमा हस्तक्षेप गर्ने गरेको आरोप छ ।
करिब दुई वर्षअघि कैद भुक्तान गरी रिहा भएका गिरीले त्यसपछि ‘गिरी फाउन्डेशन’ स्थापना गरेर सामाजिक गतिविधिमा सक्रियता देखाएका थिए ।
पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका नेता गुरुराज घिमिरेको चुनावी अभियानमा समेत गिरी संलग्न रहेका थिए ।
बदलिएको २.० कांग्रेसमा लागेका गिरीले गुरुराज घिमिरेलाई विजयी बनाउन विभिन्न गतिविधि गरे पनि निर्वाचनमा गुरुराज घिमिरेको लज्जास्पद पराजय भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया