प्राङ्कका नाममा भिडियो बनाइ सम्प्रदायिक घृणा फैलाउने ३ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले सामाजिक संजालमा प्रङ्कका नामक भिडियो बनाएर पोस्ट गर्ने ३ जनालाई पक्राउ गरेको छ ।
जीवन वली फेसबुक पेजमा राखिएको मधेशी मुलको जस्तो देखिने व्यक्तिलाई दुर्व्यबहार गरिएको भिडियो सामाग्री बनाई सामाजिक संजालमा राख्ने उनीहरूलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई सामाजिक सञ्जालबाट सम्प्रदायिक घृणा वा द्वेष फैलाई जात, जाति वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पुर्याउने कार्यमा संलग्न रहेको आरोप लागेको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ३ माछिमीबाट उनीहरूलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ३ बस्ने नरबहादुर ओलीको छोरा अन्दाजी वर्ष २८ को डिल्लीबहादुर ओली, सोही ठाउँ बस्ने लक्षीराम खत्रीको छोरा अन्दाजी वर्ष ३१ को राजन के.सी. र कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.४ शिरसवा घर भई हाल रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.१ सल्लेस्थित पाउरोटी उद्योग संचालन गरी बस्दै आएका अन्दाजी वर्ष ३१ को रघुबीर कोरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया