क्षमताभन्दा धेरै २२ यात्रु बोकेको बोलेरो जीप दुर्घटना, १ जनाको मृत्यु २० यात्रु घाइते
वालिङ । स्याङजा जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने २० जना घाइते भएका छन् ।
शुक्रबार वालिङ नगरपालिका वडा नं. ७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा बोलेर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५ नम्वरको डवल क्याप बलेरो जीप सडक छेउमा पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरी समाचार कक्ष, नक्सालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा वालिङ–७ बस्ने वर्ष २५ का राजेन्द्र बिरकट्टाको ज्यान गएको छ । जीपमा २२ जना सवार थिए । २० जना घाइते भएका छन् । बोलेरो जीपले क्षमताभन्दा धेरै यात्रु राखेका कारण नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने यात्रुहरूको भनाइ छ ।
घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ, स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि १७ जनालाई पोखरा रिफर गरिएको छ । २ जनालाई बुटवल पठाइएको छ । एकजना वालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।
जीपका चालक वालिङ–७ बस्ने वर्ष २८ का मीनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरा रिफर गरिएका घाइतेहरूमा वालिङ–७ बस्ने वर्ष ४६ की रुपकला सारू, रुपन्देहीको गैडाहवा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ५५ की सुमित्रा गुरूङ, नवलपुरको कावासोती नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४१ की मायादेवी सुनारी, मायादेवी सुनारीकी छोरी वर्ष १२ की कर्मिसा सुनारी, वालिङ–७ बस्ने वर्ष ४५ की जैकला सारू, कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २० की रुक्सना थापा, रुपन्देहीको देबदह नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४६ की कमला थापा, बिरुवा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३९ का टोपबहादुर थापा, वालिङ–७ बस्ने वर्ष ४९ की गौमाया सारू, वालिङ–७ बस्ने वर्ष ५९ का बेलबहादुर आले रहेका छन् ।
वालिङ–७ बस्ने वर्ष ३० का कुमार सारु, वालिङ–७ बस्ने वर्ष ३८ की ज्ञानुमाया सारू, नवलपुरको गैडाकोट नगरपालिका–२ बस्ने वर्ष २६ की आस्मा तामाङ सारु, नवलपुरको गैडाकोट नगरपालिका–२ बस्ने २० महिनाकी प्रिन्सा सारु, रुपन्देहीको गैडाहवा गाउँपालिका–४ बस्ने वर्ष ४० की साबित्रा मगर, रुपन्देहीको गैडाहवा गाउँपालिका–४ बस्ने वर्ष ५१ की धनकुमारी उचाई, रुपन्देहीको देवदह नगरपालिका–६ बस्ने वर्ष ५१ कि नन्दकुमारी राना, रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलभाडी बस्ने वर्ष ७३ कि भीमकुमारी थापा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलभाडी बस्ने वर्ष ४७ कि लालसुवा थापा घाइते भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया