विवाह सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले विवाह सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी शुक्लाफाँटा नगरपालिका–१ बन्साह बस्ने ललिता लावडलाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।
कञ्चनपुर जिल्ला अदालतको २०८२ असार २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ३ महिना कैद सजाय र १५ हजार रूपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय, झलारीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
Published : Friday, 2026 June 26, 12:39 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया