चक्कु प्रहारबाट नगरकोट क्षेत्रमा युवकको हत्या, ३ जना पक्राउ
भक्तपुर । भक्तपुरका नगरकोट क्षेत्रमा सामान्य विवादका क्रममा भएको झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको मिथिला नगरपालिका वडा नं. ९ स्थायी घर भई हाल नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइली रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
रसाइलीमाथि सोमबार राति करीव १० बजे चक्कु प्रहार भएको थियो । घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो ।
चक्कु लागेर गम्भीर घाइते भएका रसाइलीको उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका– १३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापाको दमक नगरपालिका– ३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मीको तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया