उदयपुरमा स्कुल बस दुर्घटना, १ को मृत्यु, ३० जना घाइते
गाइघाट । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने ३० जना घाइते भएका छन् ।
शनिबार उदयपुरगढी गाउँपालिका वडा नं. ७ जोगीटोलमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा २ ख ६४३८ नम्बरको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बस अनियन्त्रित भई सडकबाट करीव १२ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरीको बर्दिबास नगरपालिका बस्ने ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ५ जनाको मध्यम र २३ जनाको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते रसिलाकुमारी चौधरी र सन्देशकुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल, विराटनगर रिफर गरिएको छ ।
बस चालक महोत्तरीको गौशाला नगरपालिका वडा नं. १० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया