सरकार कानूनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : कांग्रेस नेता महर
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार कानूनी राज्यको धज्जी उडाउँदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थाको उपहास गरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता महरले विदेशमा पसिना बगाइरहेका लाखौं नेपाली श्रमिकको योगदान र त्यागले देशको अर्थतन्त्र धानिरहेको बताए । उनले सरकार भने ब्यबसायीहरूको तेजोबध गर्नतर्फ उद्दत रहेको बताए ।
उनले भने, ‘प्रत्येक रेमिट्यान्सको पछाडि एउटा परिवारको सपना, एउटा आमाको प्रतीक्षा र एउटा बालबालिकाको भविष्य जोडिएको हुन्छ । त्यसैले श्रमिकको सम्मान र उनीहरूको अधिकारको संरक्षण हाम्रो साझा दायित्व हो ।’
नेता महरले आफ्नो सम्बोधनमा लोकतान्त्रिक मूल्य, विधिको शासन र संविधानप्रतिको प्रतिबद्धता कमजोर हुन नदिन सबै सचेत रहनुपर्ने बताए ।
जनताले आन्दोलनमार्फत निर्माण गरेका संस्थाहरूमाथि प्रहार गरिरहेका सरकारी गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘यदि कुनै पनि शक्ति वा प्रवृत्तिले लोकतान्त्रिक र संवैधानिक संरचनालाई कमजोर बनाउने प्रयास गर्छ भने नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक सबै सजग हुन आवश्यक छ ।’
उनले लोकतन्त्र केवल शासन प्रणाली नभई नागरिकको अधिकार, स्वतन्त्रता र अवसरको आधार भएको बताए । संविधानको मर्म र लोकतान्त्रिक संस्थाहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको नेता महरले बताए ।
उनले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै विदेशबाट प्राप्त पूँजी, सीप र अनुभवलाई राष्ट्रिय समृद्धिसँग जोड्न सबै पक्षले सहकार्य गर्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया