साइबर ब्यूरोद्वारा सञ्जीव र अनुष्कालाई गिरफ्तार
काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको माछापोखरी बस्ने स्याङ्जाको भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भएका ३९ वर्षीय सञ्जीव नेपाली र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् ।
आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अंग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहार समेत नदेखाई कुराकानी गरी पीडितलाई विवाह गरी अमेरिका लाने प्रलोभन÷आश्वासन देखाई पटक पटक गरी १५ लाख १० हजार ५ सय रूपियाँ ठगी गरेको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर विद्युतीय माध्यम सम्वद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया