ठूलो परिमाणमा डलर तस्करी गर्न लागेका चिनियाँ नागरिक पक्राउ, कतारी रियलससहित मियाँ गिरफ्तार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकसहित दुई जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिकी डलर ७ हजार ५ सयसहित ५१ वर्षीय चिनियाँ नागरिक मो युङलोगलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ७ हजार ५ सयको नेपाली रुपियाँ ११ लाख ३४ हजार ३ सय रुपियाँ हुन आउँछ ।
चिनियाँ नागरिक अमेरिकी डलर लिएर चाइना ईस्टर्नको उडानबाट काठमाडौं हुँदै चीनको कुनमिङ जान लागेका थिए । चेकजाँचका क्रममा चिनिया नागरिक अबैध डलरसहित पक्राउ परेका हुन् ।
प्रहरीले विमानस्थलबाट सुनसरीको इनरुवा नगरपालिका वडा नं. ५ का ४० वर्षीय बेचन मियाँलाई कतारी रियल ४२ हजार ४ सय रुपियाँसहित नियन्त्रणमा लिएको छ । बरामद भएको कतारी रियलको नेपाली रुपियाँ १७ लाख ५८ हजार ७ सय ५२ रुपियाँ हुन आउँछ ।
विदेशी मुद्रासहित पक्राउ परेका चिनियाँ नागरिक मो युलोङग र नेपाली नागरिक बेचन मियाँलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया