डीआईजी रानालाई धनगढीमा विदाइ
धनगढी । सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाको विदाइ तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार धनगढीमा डीआईजी रानाको विदाइ भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकलाई कार्यालयका तर्फबाट मायाको चिनो प्रदान गरेका छन् ।
डीआईजी रानाको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा भएको छ ।
डीआईजी रानाले सुदूरपश्चिम प्रदेश प्रहरीलाई सफलतापूर्वक कमाण्ड सम्हालेका थिए । उनले शान्ति सुरक्षा लगायतका विषयमा राम्रो प्रत्याभूति बनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया