पासपोर्ट छपाई प्रकरणमा अख्तियारद्वारा थप दुई जनालाई पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाई अनियमितता प्रकरणमा जर्मन कम्पनीका एजेन्ट र राहदानी विभागका लेखा अधिकृतलाई पक्राउ गरेको छ ।
बुधबार अख्तियारले राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्ललाई पक्राउ गरेको हो । उनीहरूलाई तीन दिन थुनामा राख्न समेत बिशेष अदालतले म्याद दिएको आयोग निकट स्रोतले जनाएको छ ।
आयोगले सोमबार यस मुद्दाम विभागका महानिर्देशकी तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । विभागका अन्य कर्मचारीलाई तारेखमा राखिएको छ ।
सार्वजनिक खरिद नियमावली मिचेर विभागले ६४ लाख पासपोर्ट छपाईको जिम्मा दुई जर्मन कम्पनीलाई दिएको विषयमा छानबिन अघि बढेको छ ।
जर्मन कम्पनी भेरिडासका नेपाल प्रतिनिधि सिद्धार्थ थापा भने फरार भएका छन् । थापालाई पक्राउ गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेको छ । भेरिडासले ६ अर्ब ११ करोड तथा म्युहलबाउरले १ अर्ब ५५ करोडको ठेक्का पाएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया