तुलसीपुरमा काण्ड गर्ने रमेश र जीवराज पक्राउ
तुलसीपुर । इलाका प्रहरी कार्यालय, तुलसीपुरले युवतीलाई धारिलो हतियार देखाएर कुटपिट गर्ने २४ वर्षीय रमेश ठाडा मगर र २१ वर्षीय जीवराज खत्रीलाई गिरफ्तार गरेको छ ।
खुकुरी देखाइ युवतीलाई डर, धम्कीसहित कुटपिट गरेर भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने रमेश र जीवराजलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ भंके निवासी रमेशले युवतीलाई जंगलमा लगेर खुकुरी देखाएर कुटपिट गर्नुका साथै भिडियो बनाएर सामाजिक सञ्जालमा सो भिडियो पोस्ट गरेका थिए । रमेशलाई प्रहरीले मंगलबार पक्राउ गरेर ल्याएको छ । रमेशसँगै जीवराजलाई पनि घटनामा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । जीवराजले नै सो भिडियो बनाएको खुलेको छ ।
रमेशको घरबाट प्रहरीले विभिन्न नाम भएका लागुऔषध समेत बरामद गरेको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया