ब्यूरोद्वारा ठूलो परिमाणको लागुऔषधसहित १३ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले लागुऔषध कारोवारमा संलग्नहरुलाई गिरफ्तार गरेको छ ।
काठमाडौंको टोखा र चन्द्रागिरीमा फाम हाउस सञ्चालन गर्दै आएका व्यक्तिहरुले भारततर्फबाट लागुऔषध खरिदा गरी ल्याई आफ्नो फाम हाउस परिसरको जमीनमा खाडलभित्र लुकाई संञ्चय गरी राखेर माग बमोजिम बजारमा बिक्री गर्दै आएको ब्यूरोले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
जेठ २७ देखि ३१ गतेसम्म ब्यूरोले छापामारेर १३ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ । नियन्त्रित लागुऔषध ट्रामाडोल २ लाख ९ हजार क्याप्सुल, बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन २ हजार ४ सय एम्पुल तथा ७ सात सत्तासी हजार पाँच सय रुपियाँ, विभिन्न कम्पनीका मोवाईल थान २८ बरामद भएका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ २ का वर्ष २२ का निमा तामाङ, किस्पाङ २ का वर्ष २३ का बिक्रम लामा, रुपन्देहीको बुटवल ७ का वर्ष २९ का सागर बुढाथोकी, भक्तपुरको मध्यपुर ठिमी ४ का वर्ष ४५ का उद्धव श्रेष्ठलाई ब्यूरोले पक्राउ गरेको जनाएको छ ।
भक्तपुरको चाँगुनारायण ७ का वर्ष २७ का विकास काफ्ले, सिन्धुलीको फिक्कल ४ का वर्ष ३२ की माया विशड्खे, कालीकोटको पलता ३ का वर्ष २६ का खड्क रोकया, कालीकोटको पलता ३ का वर्ष २७ की कमला थामीलाई पनि ब्यूरोले पक्राउ गरेको जनाएको छ ।
ब्यूरोले बाजुराको स्वामिकार्तिक खापर १ का वर्ष २९ की मेनुका थामी, बाराको जितपुर सिमरा ७ का वर्ष ३४ का प्रदीप भन्ने सञ्जय साह सोनार, पर्साको बहुदरमाई ९ वर्ष ३६ का प्रमोदप्रसाद कलवार, काठमाडौं १६ का वर्ष ४० की मोनिका श्रेष्ठ र काठमाडौं ७ का वर्ष २९ की सुशीला महर्जन रहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया