झिमरुकको मकै बारीमा सावित्राको शव भेटियो
झिमरुक । प्यूठान जिल्लामा ५५ वर्षीया सावित्रा कुमालको शव मकै बारीमा फेला परेको छ ।
आइतबार झिमरूक गाउँपालिका वडा नं. ६ भण्डारीपोखरा बस्ने सावित्राको शव फेला परेको प्रहरी समाचार कक्षले जनाएको छ । सावित्राको मृत्युका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
झिमरुक गाउँपालिका–६ ढुङगेठाटीस्थित मकै बारीमा सावित्राको शव फेला परेको थियो । उनको मृत्युको कारण खुलेको छैन ।
Published : Monday, 2026 June 15, 3:04 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया