कांग्रेस कमजोर हुँदा मुलुक नै राजनीतिक रूपमा अस्थिर बन्ने खतरा छ : सरिता प्रसाईं
विराटनगर । नेपाली कांग्रेसकी नेतृसरिता प्रसाईंले पार्टीभित्रको एकता अभियानलाई अवरोध नगर्न आग्रह गरेकी छिन् ।
आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रसाईंले आन्तरिक छलफल र भेलाहरूलाई सकारात्मक रूपमा लिनुपर्ने बताइन् ।
नेतृ प्रसाईंले कांग्रेस कमजोर हुँदा मुलुक नै राजनीतिक रूपमा अस्थिर बन्ने खतरा रहेको बताउँदै वर्तमान राजनीतिक अवस्था, संसद्को गतिरोध र संविधानमाथि देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गरिन् ।
आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा कार्यकर्ताको साथबिना सफलता सम्भव नरहेको उल्लेख गर्दै उनले नेतृत्वलाई कार्यकर्ताको भावना बुझ्न आग्रह गरिन् ।
Published : Sunday, 2026 June 14, 8:00 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया