कांग्रेसका निष्ठावान र योगदान पुर्याएका कार्यकर्ताको क्रियाशील सदस्यता खोस्ने प्रयास भयो : केदार कार्की
विराटनगर । नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टीभित्र निष्ठावान र लामो समयदेखि संगठनमा योगदान पुर्याएका कार्यकर्ताको क्रियाशील सदस्यता खोस्ने प्रयास भइरहेको बताएका छन् ।
आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुको बृहत भेलालाई सम्बोधन गर्दै नेता कार्कीले पार्टीको सिद्धान्त र संगठनका लागि निरन्तर संघर्ष गरेका कार्यकर्तालाई निष्क्रिय बनाउने प्रयास स्वीकार्य नहुने बताए ।
पूर्वमुख्यमन्त्री समेत रहेका नेता कार्कीले सिद्धान्तनिष्ठ कार्यकर्ताको क्रियाशील सदस्यता खारेज गर्ने साहस निरंकुश राणा शासन र राजतन्त्रकालमा समेत नभएको बताए ।
कार्कीले पार्टी नेतृत्वले सार्वजनिक अभिव्यक्ति र व्यवहारमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै पार्टीभित्र बढ्दो असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने बताए । भेला कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले नभई संगठनलाई थप बलियो, एकताबद्ध र सुदृढ बनाउने लक्ष्यसहित आयोजना गरिएको कार्कीले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया