विशेष महाधिवेशनबाट सिर्जित तिक्तता हटाउन बृहत् एकता जरुरी : नेता डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट सिर्जित पार्टीभित्रको तिक्तता हटाउन बृहत् एकता जरुरी रहेको बताएका छन् ।

शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा डा.कोइरालाले पार्टीलाई एकीकृत र संगठित बनाउन आफू लागिपरेको बताए ।

नेता डा.कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । उनले आफू त्यसका लागि निरन्तर प्रयासरत् रहेको बताए ।

डा.कोइरालाले भने, ‘अहिले संघीय संसदमा संख्यात्मक रूपमा कांग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प छैन ।’

उनले पार्टीमा आएको विवाद समाधानका लागि वर्तमान नेतृत्वले सबैसँग वार्ता र छलफल गरेर समाधान खोज्नुपर्ने बताए ।

‘पार्टीमा के कारणले विवाद आयो ? त्यो विषयमा नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नु जरुरी छ,’ उनले भनेका छन् ।

गगन थापाले कांग्रेसलाई हाइज्याक गरेपछि पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको छ । शेरबहादुर देउवा र कोइराला समूहका नेताहरुलाई गगनले डोजर लगाउने प्रयास गरिरहेका बेला डा.कोइरालाले सहमतिका लागि प्रयास गरिरहेको बताएका हुन् ।

Published : Friday, 2026 June 12, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया