सुबोधलाई लिखत कसूरमा पक्राउ

काठमाडौं । लिखत सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले ५३ वर्षीय सुबोधकुमार शुक्लालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२९ बस्ने पर्साको वीरगञ्ज महानगरपालिका–९ घर भएका ५३ वर्षीय शुक्ललाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले शुक्लालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकि विद्यापिठको नक्कली सिफारिश पत्र, बाल्मीकि विद्यापिठको नाममा विदेशी नागरिकहरूबाट शुल्क लिई काटिएको आम्दानी रसिद लगायतका कागजातहरू तयारको खुल्न आएको छ ।

उनको साथबाट चिन, ताइवान लगायका मुलुकहरूका नागरिकहरूको राहदानी ६ थान, नक्कली आम्दानी रसिद ३ थान, अमेरिकन डलर ३ सय, १४ हजार ६ सय ३० भारतीय रूपियाँ, १ लाख ६४ हजार नेपाली रूपियाँ र खाली लेटरप्याड १० पाना समेत प्रहरीले बरामद गरेको छ ।

शुक्लालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2026 June 12, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया