नामी ओपन हाउस कार्निभलमा ८ हजारभन्दा धेरै सहभागी हुने
काठमाडौं । नामी ग्रुप अफ कम्पनीजले आगामी जेठ ३० गते, २०८३ (जुन १३, २०२६)मा जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुल परिसर, गोकर्णेश्वर–७, काठमाडौंमा ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना गर्ने भएको छ ।
शिक्षा, युवा सहभागिता, संस्कृति तथा मनोरञ्जनलाई एकै थलोमा समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्निभलमा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा सर्वसाधारण गरी ८ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्निभलमा शैक्षिक प्रदर्शनी, करियर परामर्श तथा अन्वेषण कार्यक्रम, अन्तरक्रियात्मक सिकाइ गतिविधि, सांस्कृतिक प्रस्तुति तथा युवामुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्। कार्यक्रमले शिक्षा, सिर्जनशीलता र सामुदायिक सहभागितालाई प्रवर्द्धन गर्ने साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका चर्चित सांगीतिक समूह तथा कलाकारहरूको प्रस्तुति रहनेछ । यस अन्तर्गत कुमा सागर एण्ड द ख्वपा, द हुलाकी र भीजेडएन लगायतका लोकप्रिय सांगीतिक समूहले प्रस्तुति दिनेछन् भने उदीयमान युवा प्रतिभाहरूले पनि आफ्नो कला प्रदर्शन गर्ने अवसर पाउनेछन् ।
सन् २०१२ मा स्थापना भएको नामी ग्रुप अफ कम्पनीजले विद्यालयदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । शैक्षिक उत्कृष्टता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै संस्थाले देशभरका विद्यार्थीका लागि गुणस्तरीय शैक्षिक अवसर सिर्जना गर्दै आएको जनाएको छ ।
आयोजकका अनुसार ‘नामी ओपन हाउस कार्निभल २०८३’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई शिक्षा, युवा सम्भावना, सांस्कृतिक विविधता तथा सामुदायिक एकताको उत्सवका रूपमा आयोजना गर्न लागिएको हो । यसले हजारौं सहभागीलाई एकै स्थानमा भेला गराई स्मरणीय तथा प्रभावकारी अनुभव प्रदान गर्ने अपेक्षा आयोजक नामी ग्रुपले गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया