मकवानपुरसहितका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । मोरङसहित विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
मोरङको लेटाङ नगरपालिका–७ कुम्लेस्थित सडकमा वाराङ्गीबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०१–००२ च १२०७ नम्बरको डबल क्याप पिकअप गाडी बुधबार बेलुकी दुर्घटना हुँदा पिकअपमा सवार झापा कमल गाउँपालिका–५ बस्ने २९ वर्षीय दिनेश कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक र पिकअपमा सवार १ जनाको बि एण्ड सी अस्पताल झापामा उपचार भइरहेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–४ पुम्दीस्थित सडकमा ग. १ क ४४४६ नम्बरको टिपर अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा टिपरमा सवार म्याग्दी मालिका गाउँपालिका–५ देवीस्थान बस्ने २३ वर्षीय तिलक परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गह्रौ स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य १ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार टिपर चालकको खोजी गरिरहेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ हरिडिल स्कुल नजिक सडकमा रोकी राखेको भे.१ ख ३१२० नम्बरको मिनिट्रकमा भे.१० प ५५५७ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–३ बस्ने जुम्ला हिमा गाउँपालिका–७ घर भएका १७ वर्षीय तपेन्द्र शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित सडकमा बा.प्र०१–०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा पिकअपमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक सिन्धुली कमलामाई नगरपालिका–९ भिमान घर भएका ४० वर्षीय बोधराज बुढाथोकी र पिकअपमा सवार बारा पचरौता नगरपालिका–७ घर भएका २१ वर्षीय सूर्य यादव रहेका छन् । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया