डाँका कसुरमा संलग्न दुई जना पक्राउ

दमक । झापाको दमकमा डाँका कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–६ भानुटोल बस्ने ३३ वर्षीय प्रलाद कार्की र सोही नगरपालिका–७ कंचनजंघा टोल बस्ने २२ वर्षीय बिशाल बास्कोटा रहेका छन् ।

मेचीनगर नगरपालिका–६ स्थित २ जना अपरिचित व्यक्तिहरूले सादा पोसाकको प्रहरी कर्मचारी हौं भन्दै पीडितको सुनको फुली १ थान, मोबाइल १ थान, नगद समेत लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले प्रलादको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम र सुनको फुली १ थान फेला पारी बरामद गरेको छ ।

उनीहरू उपर डाँका सम्बन्धी कसुर र लागूऔषध नियन्त्रण ऐन, २०३३ को कसुरमा जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2026 June 10, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया