धरौटीमा छुटेका वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
झुटा कागजातका आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियारले मेयर सिंह सहित सात जनाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले वीरगञ्ज महानगरपालिकाका मेयर सिंह र सिन्धुपाल्चोकको इन्द्रावतीकी रीता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा चलाएको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए । भ्रष्टाचारको आरोप खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर हुन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया