पर्सा प्रहरीद्वारा ९ महिनामा ४३ करोडको सामाग्री बरामद, लागुऔषध नियन्त्रणमा ठूलो उपलब्धि
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले असोज ७ गतेदेखि जेठको २४ गतेसम्म ४३ करोड ९८ लाख ६७ हजार ४ सय ५० रुपियाँ बराबरको भन्सार छली तथा चोरी निकासीका समान नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको छ ।
पर्सा प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले करीव ९ महिनाको अवधिमा अबैध रुपमा सामान ओसारपसारमा संलग्न भएका ४९ वटा सवारी साधन र कारोबारमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको बताए । सवारी साधन र व्यक्तिहरूलाई सम्बन्धित निकायमा कारवाहीको लागि पठाएको छ ।
एसपी पाठकले पर्सा जिल्लामा हुने लागुऔषध नियन्त्रणमा पनि अभियान चलाएका छन् । गाँजा ७९९ किलो ४० ग्रम, चरेश २६९ किलो ४०० ग्राम, ब्राउन सुगर ४१ ग्राम ६८९ मिलीग्रा, फेनारगन ३५० एम्पुल, डाईजेपाम ३५० एम्पुल, न्यूनोर्फिन ३५० एम्पुल, कोरेक्स १ बोतल, ट्रामाडोल क्यापसोल १,३६,७१० पिस, नाईट्रोजेपामप २३० ट्याब्लेटसहित ५९ जनालाई पक्राउ गरेको एसपी पाठकले बताए ।
पर्सा प्रहरीले ६२ लाख ६१ हजार ४७० रुपियाँसहित हुण्डी कारोवारमा संलग्न रहेका ९ वटा मुद्दा दर्ता गरी १३ जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएर थप कारबाही गरेको छ ।
२०८२ असोज १४ गते बाराको परवानीपुर गाउँपालिका ९ घर भई हाल वीरगञ्ज महानगरपालिका १० बस्ने गोल्डेन भन्ने शिवम शाह कानुले गहवा माईको मेला हेर्न जाने क्रममा हत्या भएको छ । हत्यामा संलग्न दरेन्दे खुणखार समूहका ७ जनालाई पर्सा प्रहरीले पक्राउ गरी कारबाहीको दायरमा ल्याइसकेको छ । उनीहरूलाई भारतबाट पक्राउ गरी ल्याइएको थियो ।
एसपी पाठकले प्रहरी कार्यालयमा विद्यार्थी, प्रहरी कर्मचारी, थुनुवाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर तथा मोटिभेसनल क्लास जस्ता कार्यक्रम पनि सञ्चालन गरेका छन् ।
एसपी पाठकका अनुसार ९ महिनाको अवधिमा पर्साको ग्रामीण भेगमा ७ बिघा र १५ कठ्ठा जग्गामा लगाएको लागुऔषध गाँजा फडानी गरिएको छ । ४ लाख ३२ हजार ६ सय बोट नष्ट गरिएको छ ।
पर्सा प्रहरीले फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति गरेको छ । प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल ७५५ जना प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरूबाट १५२ वर्ष ८ महिना २१ दिनको कैद सजाय असुल भएको छ । जरिवाना बापत ७ करोड ६६ लाख ९६ हजार ७६० रुपियाँ असुली गर्न सफल भएको एसपी पाठकले बताएका छन् ।
पर्सा प्रहरीले वन, जंगल फडानी गरी काठ तस्किरीमा संलग्नलाई वन डिभिजन कार्यालयको समन्वयमा पक्राउ गरेको छ । उनीहरूको साथबाट बरामद भएको ४३२ क्युफिट काठसहित नियन्त्रणमा लिइएका चालक, ट्रयाक्टर, साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ ।
पर्सा प्रहरीले मानव बेचबिखनमा ३ वटा मुद्दा दर्ता गरी ५ जनालाई कानूनी कारबाही गरी पुर्पक्षका लागि अदालतबाट कारागार कार्यालय, वीरगञ्जमा पठाएको छ ।
३९ जना महिला तथा बालबालिकालाई उद्धार गरी सकुशल ल्याएको पर्सा प्रहरीले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।
एसपी पाठकले पर्सा प्रहरीको कार्यभार सम्हालेको दिनदेखि छुटफुट घटना बाहेक शान्ति सुरक्षा कायम बनाएको स्थानीयहरूले पनि बताउने गरेका छन् ।
अपराध अनुसन्धान शाखाको संयुक्त टोलीको सक्रियतामा तस्करीमा कडाई गरी तस्करीको सामान धमाधम पक्राउ गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने गरेको एसपी पाठकले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया