ईश्वरीको हत्यामा कुमारसँगै अरु ३ जना पनि पक्राउ
काठमाडौं । धारिलो हतियार प्रहार गरी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने वर्ष ३८ को कुमार थापा मगरसहित चार जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको छ ।
जेठ २२ गते शुक्रबार राति २१ः३० बजेको समयमा काठमाडौंको तारकेश्वर नगरपालिका– ६ पैयुटारमा कुमारले आफ्नै श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादमा धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरेको एसपी पवनकुमार भट्टराईले बताए । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भइ तारकेश्वर सिटी अस्पताल शेषमतीमा प्रारम्भीक उपचारपछि ईश्वरी भुजेललाई थप उपचारको लागि त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइ उपचार भएको थियो । उपचारकै क्रममा ईश्वरी भुजेलको मृत्यु भएपछि कुमार थापा मगरलाई प्रहरीले तत्काल घटना भएको सोही ठाउँबाट नियन्त्रणमा लिएको थियो ।
हत्याको घटनामा संलग्न रहेको भन्दै महिलाको माइतीको तर्फबाट किटानी जाहेरी दरखास्त पर्न आएपछि अन्य ३ जनालाई २३ गते शनिबार पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ४ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ६ पैयुटार बस्ने वर्ष ३८ को ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर रहेका छन् ।
किटानी जाहेरीका आधारमा प्रहरीले नुवाकोटको तारकेश्वर गाउँपालिका ४ घर भइ हाल पैयुँटार बस्ने वर्ष ३६ को बिक्रम थापा मगर, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने वर्ष ४० को पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका १ घर भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बस्ने वर्ष २५ की प्रतिक्षा आचार्यलाई पनि पक्राउ गरिएको एसपी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया