चार वर्ष अगाडि धनकुमारीको हत्या अभियोगमा प्यूठानमा बुहारी पक्राउ

बिजुवार । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको ४ वर्षपछि हत्यामा सलग्न व्यक्तिलाई पुर्पक्षको लागि जेल चलान गरेको छ ।

२०७९ मंसिर १ गते बिहान अन्दाजी ०६ः३० बजेको समयमा प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं. ६ डाँडाखर्कस्थित भुपलाल घर्तीको बारीमा सोही ठाउँ बस्ने वर्ष ६३ की धनीकुमारी सुनारको हत्या अभियोगमा वर्ष ३२ की सौतेनी बुहारी चेती सुनारलाई पक्राउ गरिएको प्रहरी निरीक्षक हरि भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

टाउँकोमा गम्भीर चोट लागेर रगताम्य भई मृत अवस्थामा धनकुमारी सुनार फेला परेकी थिइन् । घटनाको सम्बन्धमा सोही ठाउँ बस्ने सौतेनी बुहारी चेती सुनारलाई प्यूठान जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई पक्राउ गरेर अनुसन्धान भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, प्यूठानबाट आवश्यक अनुसन्धान पश्चात चेती सुनारलाई पुर्पक्षको लागि कारागारमा पठाइएको छ ।

Published : Sunday, 2026 June 7, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया