वन कार्यालयका कर्मचारीहरूलाई कुटपिट गर्ने गिरोहका नाइके पक्राउ
चन्द्रपुर । डिभिजन वन कार्यालयका कर्मचारीलाई कुटपिटमा संलग्न रहेका मुख्य फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जेठ १९ गते मध्यराति साढे १२ बजेको समयमा चन्द्रपुर सव–डिभिजन वन कार्यालय, रौतहटका प्रमुख राजकुमार चौधरीको नेतृत्वमा चन्द्रपुर सव–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वन समूहको संयुक्त गस्ती टोलीलाई चन्द्रपुर नगरपालिका वडा नं. ६ लमहा खोला नजिकै गुजरा नगरपालिका वडा नं.२ मैढा टोल बस्ने रामध्यान साहको छोरा वर्ष ३६ को राजकिशोर साह लगायत ७/८ जना व्यक्तिहरूले वनका कर्मचारीहरूलाई कुटपिट गरी फरार भएका थिए ।
वारदात पश्चात फरार भएको घटना सम्बन्धमा राजकुमार चौधरीको जाहेरीले प्रतिवादी राजकिशोर साह समेत भएको ज्यान मार्ने उद्योग कसूरमा रौतहट जिल्ला अदालतबाट प्रतिवादीहरू उपर पक्राउ अनुमति लिई तदारुक्ताका साथ खोजतलास गर्दै जाने क्रममा प्रतिवादी राजकिशोर साहको वीरगञ्ज बजारमा लुकिछिपी बस्दै आइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर र वडा प्रहरी कार्यालय विर्ता, बीरगञ्जको समन्वयमा पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादीलाई जेठ २३ बीरगञ्जको नारायणी अस्पताल नजिकै फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया