उर्लाबारीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले उर्लाबारी नगरपालिका वडा नं. ७ गोलचोकबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, उर्लाबारीबाट खटिएको टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम लागूऔषध (ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ) फेला परेको छ ।
निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागुऔषध फेला परेको छ ।
दुवै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया