कुरिनटारमा नदीजन्य पदार्थ भद्रगोलसहित उत्खनन्, अनुगमन गर्न स्थानीयको माग
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटार, साता बगर क्षेत्रमा सगुन कन्स्ट्रक्सनले नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन् गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
स्थानीयका अनुसार अनुमति नलिई नदी किनारबाट ढुङ्गा, गिटी तथा बालुवा उत्खनन गरिँदा वातावरणीय सन्तुलनमा असर परेको र नदी कटानको जोखिम बढेको छ । सगुन कन्ट्रक्सनले नदीमा उत्खनन् गर्दा मापदण्ड विपरीतको कार्य गरेको स्थानीयको आरोप छ ।
स्थानीयहरूले सम्बन्धित निकायलाई तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्न माग गरेका छन् । सम्बन्धित निकायबाट भने घटनाबारे औपचारिक पुष्टि वा प्रतिक्रिया आउन बाँकी रहेको छ ।
स्थानीय तह र सरोकारवाला निकायले अनुगमन गरेर वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ । स्थानीय निकायहरूले नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिए पनि अनुगमन नगर्दा वातावरणीय सन्तुलनमा असर पर्दै आएको स्थानीयको गुनासो छ । स्थानीयहरूले नदीजन्य पदार्थ उत्खनन् गर्दा तोकिएको मापदण्डअनुसार हुनुपर्ने र वातावरणीय सन्तुलनलाई विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया