भैरहवा विमानस्थलबाट झण्डै ८ लाख भारतीय रुपियाँ बरामद
भैरहवा । प्रहरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट ७ लाख ९५ हजार भारतीय रुपियाँसहित एकजनालाई पक्राउ गरेको छ ।
शनिबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गर्ने क्रममा भारतीय नागरिकको साथबाट ७ लाख ९५ हजार भारतीय रुपियाँ फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ ।
भारतको आन्ध्र प्रदेश राज्य, प्रकाशम जिल्लाका स्थायी बासिन्दा ५९ वर्षीय भीमा श्रीनिवासको साथबाट भारतीय रुपियाँ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको छ ।
बुद्ध एयरको उडान नं. यू४ ८६० मार्फत दिउँसो ३ः१० बजे काठमाडौं जाने क्रममा साथमा बोकेको खैरो रङको हाते झोला विमानस्थलको आन्तरिक टर्मिनलस्थित ह्यान्ड ब्यागेज एक्स–रे मेसिनबाट जाँच गर्दा ५०० दरका १ हजार ५ सय ९० वटा भारतीय रुपियाँका नोट फेला पारेको र आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया