दोलखामा दाईले भाईलाई खुकुरी प्रहार, २७ वटा टाँका लाग्यो

चरीकोट । जिल्ला प्रहरी कार्यालय, दोलखाले धारिलो हतियार प्रहार गरी आफ्नै भाइलाई घाइते बनाउने ४० वर्षीय लोकबहादुर थामी (सहरे)लाई पक्राउ गरेको छ ।

शुक्रबार भीमेश्वर नगरपालिका वडा नं.२ डोकथलीका लोकबहादुरले खेतबारीमा काम गर्ने विषयमा विवाद हुँदा आफ्नै भाइ ३५ वर्षीय भीमबहादुर थामीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ । घाइते भीमबहादुरको टाउकोमा २७ वटा टाँका लागेको छ । खुकुरी प्रहार गर्ने दाई लोकबहादुरलाई प्रहरीले धारिलो हतियार खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहार गर्ने लोकबहादुरलाई प्रहरीले दोलखा जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि ५ दिनको अनुमति लिएको छ ।

Published : Saturday, 2026 June 6, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया