काठमाडौं महानगरको मेयरको तयारीमा जुटे अमृत लामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट लिएर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने तयारीमा अमृत लामा रहेका छन् ।
लामा पूर्ण छात्रवृत्तिमा बुढानिलकण्ठबाट माध्यमिक तह पूरा गरी छात्रवृत्तिमै जर्मन अध्यन गर्न गएका हुन् । समाज सेवामा रुचि राख्ने लामा पढाइ र अध्ययनमा अब्बल मानिन्छन् ।
सिन्धुपाल्चोक जिल्लामा जन्मिएका लामा सानैदेखि वहुप्रतिभाशाली मानिन्छन् । अध्ययन पूरा गर्दै गर्दा नेपालको फिल्म क्षेत्रमा लामालाई प्रस्ताव पनि आएको थियो । लामा सफल नायकका रुपमा स्थापित समेत भएका थिए ।
काठमाडौं महानगरपालिकाको बौद्दका बासिन्दा लामा बिगत ३५ वर्षदेखि अमेरिकाको वाल्टिमोरमा सफल व्यबसायीको रुपमा स्थापित छन् ।
अमेरिकामा ‘हामी नेपाली ग्लोबल’ संस्था संचालन गरेर लामाले करीव ४३ देशमा सो संस्थाको शाखामार्फत नेपालीहरूलाई संगठित गरेका छन् । लामाले नेपालप्रति विदेशिएका नेपालीहरूलाई आकर्षित गर्ने गरेका छन् । नेपालमा सो संस्थाको शाखा ५२ जिल्लामा रहेका छन् ।
समाजसेवी लामाले भूकम्प, कोरना लगायतका विपतमा सोही संस्थामार्फत सहयोग गरेका थिए । समाजसेवा गर्न पाउँदा लामा खुसी हुन्छन् । लामाले विभिन्न पालिकाहरूमा साझेदारी मार्फत विदेशी निकायहरूलाई जोडेका पनि छन् ।
विश्व प्रशिद्ध ग्लोबल अवार्ड अमेरिकामा संचालन गरेका समाजसेवी लामाले नेपालका विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तिहरूलाई ग्लोवल अवार्डले सम्मान गर्ने गरेका छन् ।
‘नेपाली आमाको आँसु पुछ्ने’ नाराका साथ लामाले नेपालका लागि सबै सुविधाहरू छाड्ने निधो गरिसकेका छन् ।
नेपालमा सबै राजनीतिक दल र शक्ति समूहसँग राम्रो चिनजान भएका लामालाई आन्तरिक रुपमा रास्वपाले नजिक राखेको छ । लामाले रास्वपाबाट टिकट पाएमा काठमाडौं महानगरपालिकामा आफ्नो योजनासहित महानगरवासीको सेवा गर्ने इच्छा राखेका छन् ।
रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सहितका नेताहरूको लोकप्रियताले रास्वपाले झण्डै दुईतिहाइ बहुमत ल्याएर देशलाई सहि गन्तव्यतर्फ अगाडि बढाएको समाजसेवी लामाको भनाइ छ ।
अबको एक वर्षपछि स्थानीय तह र प्रदेश सभातर्फको निर्वाचन एकसाथ गर्ने तयारी र सोँचमा सरकार छ । सोही तयारी भइरहेका बेला समाजसेवी लामाले पनि रास्वपाबाट काठमाडौं महानगरको टिकट लिएर मेयरमा प्रतिस्पर्धा गर्ने सोँच राखेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया