सीडीओ र सहसचिवहरूको सरुवा तथा पदस्थापना

काठमाडौं । गृह मन्त्रालयले १८ जना सहसचिवको सरूवा तथा पदस्थापन गरेको छ ।

शुक्रबार गृह मन्त्रालयले १८ जना सहसचिवको सरूवा तथा पदस्थापनको सूची प्रकाशन गरेको छ । १६ जना सहसचिवको सरूवा गर्ने निर्णय शुक्रबार र दुई जनाको सरूवा जेठ १३ गते भएको गृह मन्त्रालयले जनाएको छ ।

सरूवासँगै १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि फेरिएका छन् । स्याङ्जा, कास्की, धादिङ, संखुवासभा, पाल्पा, नवलपरासी पूर्व, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सर्लाही, रामेछाप र सुर्खेतको सीडीओ हेरफेर भएको छ ।

गृह मन्त्रालयले अध्यागमन कार्यालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पनि सहसचिवको सरूवा भएको जनाएको छ ।

Published : Saturday, 2026 June 6, 6:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया