सशस्त्रका चौध डीआईजीहरूको सरुवा र पदस्थापना

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)का सात जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।

बिहीबार गृह मन्त्रालयको निर्णयानुसार सात जना डीआईजीको पदस्थापन गरिएको जनाइएको छ । डीआईजीप सुरेशकुमार श्रेष्ठको नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंबाट प्रधान कार्यालयको सीमा सुरक्षा विभागमा सरूवा भएको छ ।

डीआईजी दीपेन्द्र शाह नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीबाट एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएका छन् । डीआईजी दीपक अधिकारीलाई सीमा सुरक्षा विभागबाट नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देही पठाइएको छ ।

डीआईजी कृष्ण ढकाललाई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ । डीआईजी दीपेन्द्र कुँवरलाई नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयबाट मानवस्रोत विभागमा सरुवा भएको छ ।

डीआईजी विष्णुप्रसाद भट्टको सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयबाट नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएको छ । डीआईजी कृष्णराज पाठकलाई मानवस्रोत विभागबाट नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत सरुवा गरिएको छ ।

डीआईजी दीग्विजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीमा पदस्थापन गरिएको छ । डीआईजी किरण बस्नेतलाई प्रधान कार्यालयस्थित महानिरीक्षकको कार्यालयबाट नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरमा पदस्थापन गरिएको छ ।

डीआईजी माधवप्रसाद पौडेललाई प्रधान कार्यालय भण्डार महाशाखाबाट नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंमा पदस्थापना गरिएको छ । डीआईजी प्रवीण कँडेललाई कार्य विभागबाट नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीमा पदस्थापन गरिएको छ ।

डीआईजी राजेश उप्रेतीलाई कार्य विभागबाट एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा पदस्थापन गरिएको छ । डीआईजी नेत्रबहादुर कार्कीलाई नम्बर १ पशुपतिनाथ बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा पदस्थापना गरिएको छ ।

एपीएफ इन्टेलिजेन्स ब्यूरोमा कार्यरत डीआईजी राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ ।

Published : Friday, 2026 June 5, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया