रास्वपाका सांसदद्वय वैद्यिक र ढकाल सवार बीवाईडी कार दुर्घटना, सडकको डिलमा अड्कियो
तम्घार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सुशान्त वैद्यिक र सागर ढकाल सवारी दुर्घटनामा परेर सामान्य घाइते भएका छन् ।
शुक्रबार साँझ ७ बजेर ४० मिनटमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ४ रैदीस्थित तम्घार–बुर्तिबाङखण्डमा कार दुर्घटना हुँदा सांसदद्वय वैद्यिक र ढकाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बा.प्र–०१–०२९ च ७३४३ नम्बरको बीवाईडी कार अनियन्त्रित भइ सडकको डिलमा अड्कियो अवस्थामा प्रहरीद्वारा उद्धार गरिएको छ ।
कारमा प्यूठानका सांसद वैद्यिक, गुल्मी १ का सांसद ढकाल र अर्का एकजना सवार थिए । कार दुर्घटनामा मानवीय क्षति नभएको प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा जारी सूचनामा उल्लेख छ ।
Published : Friday, 2026 June 5, 9:10 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया