रास्वपाका सांसदहरूले काठमाडौं छाडेपछि राज्य व्यवस्था समितिको बैठक प्रभावित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा गएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको बैठक स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिए । उनले रास्वपाका समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू जिल्ला अधिवेशनका लागि उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको बताए ।

रास्वपाका सांसदहरू पार्टीको जिल्ला अधिवेशनका लागि काठमाडौं उपत्यका बाहिर गएका छन् । निर्णय कार्यान्वयनको प्रगतिबारे जानकारी सम्बन्धमा छलफल गर्ने, समिति अन्तर्गत उपसमिति गठन गर्ने तथा समितिको बैठक सञ्चालन कार्यविधि बनाउने कार्यसूची राखिएको थियो ।

Published : Friday, 2026 June 5, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया