बालक अपहरणमा संलग्न नवराजलाई प्रहरीद्वारा पक्राउ
बर्दिबास । अपहरण सम्बन्धी कसूर मुद्दाका प्रतिवादी रौतहटको गढीमाई नगरपालिका–७ बस्ने २३ वर्षीय नवराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीबाट गत जेठ ७ गते दिउँसो अन्दाजी ८ वर्षीय बालकलाई ना.६४ प ७९९० नम्बरको मोटरसाइकलमा राखी अपहरण गरी लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछि मोटरसाइकलमा सवार व्यक्तिहरूले बालकलाई सोही स्थानमा छाडी फरार भएका थिए ।
घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय, महोत्तरीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय, रौतहटको समन्वयमा घटनामा संलग्नमध्ये अधिकारीलाई रौतहटको गौर नगरपालिका–५ हस्पिटल चोकबाट पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अधिकारी उपर महोत्तरी जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया