प्रधानमन्त्रीको यो स्टेटमेन्ट खतरनाक संकेत हो, माफी माग्नुपर्छ : कांग्रेस सांसद शाह
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले प्रधानमन्त्री वालेन शाह (बालेन)ले माफी माग्नुपर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित संसद भवनमा बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै कांग्रेसका सांसद शाहले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संवेदनशील भएको बताए ।
प्रधानमन्त्री शाहले संसदमा आएर माफी माग्नुपर्ने उनले बताएका छन् । सांसद शाहले भने, ‘हामी यो विषयलाई लिएर संवेदनशील छौं । प्रधानमन्त्री आएर संसदमा माफी माग्नुपर्छ । अनि त्यसपछि मात्रै हामी संसद् चलाउन दिन्छौं ।’
कांग्रेसका सांसद शाहले भने, ‘प्रधानमन्त्रीजीले संसदमा अभिव्यक्ति दिनुभएको छ । नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर अभिव्यक्ति दिनुभएको थियो त्यो अभिव्यक्ति त्रुटीपूर्ण र आपत्तीजनक ठहर गरियोस् ।’
‘यो विषयलाई लिएर नेपाली कांग्रेसले कडा विरोध दर्ज गर्न चाहन्छ । यदि नसमझले नै तयारी नगरेर प्रधानमन्त्रीले आफ्नो स्टेटमेन्ट दिनुभएको छभने त्यो चिन्ताजनक विषय हो,’ कांग्रेसका सांसद शाहले भने, ‘सोँचेर सम्झेर यो स्टेटमेन्ट दिनुभएको छभने त्यो खतरनाक संकेत हुन सक्छ । यो विषय राष्ट्रिय सुरक्षासँग गाँसिएको विषय हो ।’
कांग्रेससहितका विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको माग छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया