सशस्त्र प्रहरीद्वारा ललितपुरमा ठूलो परिमाणमा लागुऔषधसहित २ जनालाई गिरफ्तार
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ललितपुरको गोदावरी नगरपालिका वडा नं. २ धाराचौर, ज्यामिरकोटस्थित बिशाङ्गुनारायण सामुदायिक वनबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स व्यूरोबाट कमाण्डर सशस्त्र प्रहरी नायव उपरीक्षक सुवर्ण थापाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा वैशाख जेठ ११ गते वर्ष ४१ का वीरबहादुर तामाङलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । तामाङले सल्लाघारीमा लुकाइ राखेको अवस्थामा लागुऔषध ट्रामाडोल सात बोरा बरामद भएको थियो ।
२१ हजार ६४ पत्ता अर्थात् २ लाख १० हजार ६ सय ४० पिस ट्रामाडोल बरामद भएको सशस्त्र प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ कमेरेटारबाट पक्राउ परेका तामाङको स्थायी वतन काभ्रेको पनौती नगरपालिका वडा नं. ५ रहेको छ ।
वीरबहादुर तामाङले उक्त सामान लुकाइ राखेको अवस्थामा ट्याकसी ड्राइभर काभ्रेको कोशीपारी गाउँपालिका वडा नं. १ घर भइ हाल ललितपुरको हरिशिद्धि बस्ने वर्ष ३८ का सन्तबहादुर तामाङले लागुऔषध बोक्न प्रयोग गरेको बागमती प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्ति लागुऔषध र ट्याक्सीलाई नेपाल प्रहरीको प्रहरी प्रभाग, गोदावरीमा बुझाइएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया